☰ open Loading... 3 May 2024|  

पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु
  | १५ भाद्र २०७६, आईतवार १३:३८

जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ ।

शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिए।

पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको प्रहरीले बताए।  जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको डिएसपी खत्रीले बताए।