☰ open Loading... 1 May 2024|  

संविधान दिवसमा दिप प्रज्वलन गरी राष्ट्रिय झण्डा फराउन कर्णाली सरकारकाे निर्देशन
  | १८ भाद्र २०७६, बुधबार १८:३४

सुर्खेत । कर्णाली प्रदेशमा संविधान दिवसलाई व्यापक हर्षउल्लाससहित मनाउन सबैलार्इ दिप प्रज्वलन र राष्ट्रिय झण्डा फराउन कर्णाली सरकारकाे निर्देशन दिएकाे छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षिय वैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित नागरिकका घरमा दिप प्रज्वलन र राष्ट्रिय झण्डा फराएर  संविधान दिवस मनाउन निर्देशन दिएकाे हो ।

बैठकमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहरुमा सरसफाई, सजावट, दिपावली तथा राष्ट्रिय झण्डा फहराउन निर्देशन दिनु भएकाे छ । संविधान दिवसका दिन विहान ७ बजे मंगलगढी चोकवाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गरिने छ ।

प्रभातफेरीमा साँस्कृतिक पहिचानसहितको झाँकी प्रदर्शन गर्न मुख्यमन्त्रीबाट निर्देशन जारी भएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव एवम् मुल समारोह समितिका सदस्य सचिव विनोदकुमार गौतमले बताउनुभयो ।

वैठकले सर्वसाधारण सवैका सवै घर तथा पसलहरुमा राष्ट्रिय झण्डा फहराउनुको साथै दिपावली गर्न आव्हान गरेको सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।

संविधान दिवसलाई भव्यताका साथ मनाउन वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गरिएकाे छ । मुल समारोह समितिका सदस्यहरुमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्यन्यायाधिस, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमूख, प्रदेश सरकारका प्रमूख सचिव छन् ।