☰ open Loading... 2 May 2024|  

मोटरसाईकलको ठक्करबाट गाईको मृत्यु, चालक गम्भीर घाइते
  | १८ भाद्र २०७६, बुधबार २१:२०

सुशील खड्का
सुर्खेत । मोटरसाईकलले ठक्करदिँदा गाईको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । बांगेशीमलबाट यरिचौकतर्फ आउँदै गरेको भे ३ प ८७०४ नम्बरको मोटरसाईकलले यरिचौक नजिकै गाईलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख  उदयसिंह सिजपातिले जानकारी दिनुभयाे ।


पञ्चपुरी नगरपालिका-६ बावियाचौर घर भएका २५ वर्षीय चुडामणि कंडेल गम्भीर घाइते भएका छन् । उहाँको कर्णाली प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।