☰ open Loading... 4 March 2025|  

सिभिल बैंककाे एन्युटी डिपोजिट निक्षेप योजना लागु
  | २२ भाद्र २०७६, आईतवार १६:४५

सुर्खेत । सिभिल बैंकले नेपालमा नै पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको जनाएको छ। बैकले आज सुर्खेतको बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर नयाँ योजना ल्याएको जनकारी गराएको हो ।

एन्युटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ। एन्युटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्तानी दिर्इने बैकका कर्णाली प्रदेश प्रमुख शैलेस कार्कीले जानकारी दिनुभयो।

यो योजनाले बचतकर्ताले इच्छाइएको रकम अन्त्यमा एकमुष्ठ रकम प्राप्त गर्ने उहाँले बताउनुभयो। योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने भन्दै न्युनतम मौज्दात एक हजार हुनु पर्ने प्रमुख कार्कीले बताउनुभयो। यो योजना अन्तर्गत एक देखि सात वर्षसम्म बचतकर्ताले मासिक रुपमा खातामा निश्चित रकम हाल्नु पर्ने व्यवस्था रहेको छ।

एकभन्दा बढी खाता खोल्न पाइने भएकाले आवश्यक परेमा ३ महिनापछि बन्द गर्न मिल्ने तथा खातामा जम्मा भएको रकम अनुसार ६० प्रतिशत ऋण निकाल्न पाइने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। सिभिल बैंकले कर्णालीबाट ६ वटा शाखाहरु मार्फत् आफ्नो सेवा दिइरहेको छ जनाएको छ।