☰ open Loading... 26 April 2024|  

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
  | २३ भाद्र २०७६, सोमबार १०:२२

कालिकोट : तिलागुफाको छाप्रे ढाँडखोलाको बाढीका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकखण्डको टाकुल्लामा बाढीले सडक बगाउनुकासाथै, सडकमा ढुंगा थुपारिदिएपछि शनिबारदेखि कर्लाली राजमार्ग अवरुद्ध भएको थियो। दुई वटा डोजरले शनिबारदेखि आइतबार रातिसम्म सडक पन्छाउनुकासाथै मर्मत गरी सोमबार बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो।

शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि बीच बाटोमै अलपत्र सवारी साधन र यात्रुहरुलाई राहत मिलेको छ। जुम्ला, मुगुबाट सुर्खेततिर र सुर्खेतबाट जुम्ला मुगुतिर जाने सवारी साधनहरु सोमबार बिहानबाट नियमित सञ्चालन भएका छन्। शनिबारको भारी वर्षाका कारण तिलागुफा–७ छाप्रे ढाँड खोलामा आएको बाढीले कर्णाली राजमार्ग टाकुल्लामा क्षति पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले सडक डिभिजन कार्यालय जुम्ला र तिलागसफा नगरपालिकाको समन्वयमा दुई वटा डोजर लगाएर टाकुल्लामा सडक मर्मत गरेपछि कर्णाली राजमार्ग खुलेको जानकारी दिए।

अन्नपूर्णबाट