☰ open Loading... 1 March 2025|  

थरिथरिका परिकार पाइने पीजा हट यरिचौकमा सञ्चालन
  | १ आश्विन २०७६, बुधबार १२:३०

सुर्खेत । ग्राहकहरुलाई थरिथरिका परिकारको स्वाद चखाउन सेफ च्वाइस रेष्टुरेन्ट एण्ड पीजा हट वीरेन्द्रनगरको यरिचौकमा सञ्चालन गरिएको छ । झण्डै १२ वर्षदेखी वीरेन्द्रनगरका उच्चस्तरिय होटलहरुमा ख्याती कमाएका समिर तामाङ (लामा)ले ग्राहकहरुलाई एकै परिकारलाई विभिन्न स्वादमा दिने उदेश्यले पीजा हट सञ्चालन गरेका हुन् ।

पीजा हटले पारिवारिक रेष्टुरेन्ट र ग्राहकहरुको सुरक्षामा ध्यान दिँदै सेवा शुभारम्भ गरेको जनाएको छ । ‘मानविय आवश्यकतामा पछिल्लो पटक थरिथरिका परिकारहरुको उच्च रोजाईमा पर्ने गरेका छन्’ सञ्चालक लामा भन्नुहुन्छ, ‘होटल क्षेत्रकै लामो अनुभवमा ग्राहकहरु गुणस्तरिय परिकार खोजिरहेकाले उहाँहरुको चाहना परिपूर्ति गर्ने हेतुले पीजा हर्ट सञ्चालन गरेको हुँ ।’

पीजा हटमा मःम तथा सेकुवा कर्नर, पारिवारिक रेष्टुरेन्ट, वार र कफिसप छुट्टाछुट्टै तलामा व्यवस्था गरिएको सञ्चालक लामा बताउनुहुन्छ । उहाँकाअनुसार पीजाका मात्रै २४ परिकार तयार गरिन्छ । ‘हामीले एउटा मात्रै हैन्, ग्राहकले भनेअनुसारको परिकारहरु तयार गर्छौं’ लामा थप्नुहुन्छ, ‘साधारणदेखी उच्चस्तरिय परिकारका खाजा सेटहरु तयार गर्ने सामथ्र्यता पीजा हर्टमा छ ।’

पीजा हर्टमा कवाव, नेवारी खाजा सेट, थकाली खाना, पेस्टी, बेकरी, हार्ड डिस्क तथा विभिन्न डिजाइनमा केकहरु तयार गर्ने गरेको लामाको भनाई छ । उहाँले ग्राहकहरुले वीरेन्द्रनगर उपत्यकामा होम डेलिभरीको सेवा दिँदै आएको बताउनुभयो । झण्डै ८० लाखको लागतमा लामाले सञ्चालन गरेको पीजा हर्टमा २२ जनाले रोजगारी पाएका छन् ।