सुर्खेत । वीरेन्द्रनगरमा मधुमेश, थाइराइड तथा हर्मोन रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ । सुर्खेतस्थित सम्पूर्ण लायन्स क्लव तथा सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखी शिविर सञ्चालन गर्न लागिएको हो ।
दुई दिनसम्म सञ्चालन गरिने शिविरमा मधुमेह, थाइराइ तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले प्रशिक्षण गर्ने सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवम् शिविर समितिका संयोजक भद्र भण्डारीले जानकारी दिनुभयाे ।
उहाँकाअनुसार शिविर संघको कार्यालयमै आयोजना गरिने छ । शिविरमा स्वास्थ्य जाँच गर्न चाहने विरामीहरुले संघको कार्यालयमै मंगलबारदेखी नाम दर्ता गर्न सक्ने भण्डारीले बताउनुभयाे ।
शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी समस्या भएका विरामीहरुले मात्र सहभागी हुन भण्डारीले आग्रह गरे । विरामीलाई १० दिनसम्मको औषधी तथा रगत सुगर निःशुल्क परीक्षण गरिने छ ।
शिविरमा कम्तीमा पाँचसय विरामीहरुको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको भण्डारीको भनाई छ । शिविरमा प्राविधिक सहयोगमा काठमाडौं डाईविटिज एण्ड थाइराईड सेन्टर, अल्का अस्पताल, शुभकामना पोली क्लीनिक र नेपाल मेडिकल एशोसिएसनले गर्नेछन् ।