☰ open Loading... 26 April 2024|  

मिस्टर एण्ड मिस सुर्खेत प्रतियोगिता सञ्चालन गरिँदै
  | ५ आश्विन २०७६, आईतवार १४:२८

सुर्खेत । ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता सञ्चालन गर्न तयारी पूरा भएको छ । आयोजक मुन मिडिया हाउसले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार समेलन गरी मिस सुर्खेत सिजन– थ्री र मिस्टर सुर्खेत सिजन– वान सञ्चालन गर्न लागिएको जानकारी दिँदै तयारी पूरा भएको हो ।

दुबै प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर हद तोकिएको छ,भने सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने आयोजक टीमका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए । आवेदन संकलन पछि प्रतियोगिको छनोट गरिनेछ । अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा भाग लिन कर्णालीको स्थायीबासीन्दा र एसईई पास गरेको हुनुपर्ने छ ।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ताज र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुनका सदस्य विजय केसीले बताए । उनका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धीलाई सब टाइटलको उपाधिले सम्मान तथा पुरस्कृत गरिनेछ ।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे र भिजे ट्रेनिङ्गलगायतका इभेन्टहरुमा सहभागि गराइनेछ ।
पत्रकार सम्मेलनमा अघिल्ला वर्षहरूका विभिन्न उपाधी विजेता श्रृति खड्का, एकता देवकोटालगायतले प्रतियोगिताको अनुभव सुनाएका थिए । प्रतियोगिताले बाहिरी तथा भित्रि सुन्दरतालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न आफूहरूलाई सहयोग पुगेको उनीहरूको भनाइ थियो ।