☰ open Loading... 15 November 2024|  

सुर्खेत काँक्रेविहारको अध्यक्षमा सापकोटा
  | ८ आश्विन २०७६, बुधबार २१:३५

सुर्खेत । सुर्खेत काँक्रेविहा यातायात प्रालिको अध्यक्षमा रमेश सापकोटा समर्वसम्मत चयन हुनुभएको छ । काँक्रेविहार यातायात व्यवसायी समिति कम्पनीमा रुपान्तरण भएपछि प्रा.लि.को पहिलो अधिवेशनले अध्यक्षतामा सापकोटालाई चयन गरेको हो ।


प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा खड्क प्रसाद जैसी (ढकाल), उपाध्यक्षमा सन्तोष विष्ट, महासचिवमा कमल बहादुर खड्का, सचिवमा पंकज ढकाल, कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपाने र सह–सहसचिवमा नमन रावल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा मनोज शाही, पदमसिंह विक, मुक्तिनाथ बराल र सोमराज अधिकारी छन् ।

 
उद्घाटन सत्रमा बोल्दै यातायात व्यवसायि राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष बिजय बहादुर स्वाँरले स्थानिय सरकार र प्रदेश सरकारले यातायात व्यवसायि र यातायात आवद्ध संघ, संगठनहरुलाई अनुगमन र निगरानि गर्नुपर्ने बताउनुभयो ।

उहाँले यात्रुलाई सहज रुपमा गन्तब्यमा पुर्याउने काम यातायात ब्यवसायिको भए पनि त्यसको अनुगमन सरकारले गर्नुपर्ने उल्लेख गर्नुभयो । कर्णाली प्रदेश सरकारले अन्य प्रदेशबाट आउने पुरानो यातायातलाई आउन रोक लगाउनु पर्ने समेत उहाँको भनाई छ । यातायात ब्यवसायि र यात्रुहरुका लागी मंसिर भित्र भाडा सबै समायोजन गरिनु पर्ने उपाध्यक्ष स्वाँरले बताउनुभयो ।

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख रामेश्वर यादवले कर्णाली प्रदेशलाई दुर्घटनारहित बनाउनको लागी आम नागरिकहरुले आफु बाटनै सकरात्मक सोचको बिकास गर्नु पर्ने बताउनु भएको छ । यातायात ब्यवसायिहरुले यात्रुमैत्रि वातावरण निमार्ण गर्न सके मात्रै पनि दुर्घटना न्यूनिकरण गर्दै दुर्घटना रहित प्रदेश बनाउन सकिने उहाँको भनाई छ ।