☰ open Loading... 27 April 2024|  

भेस्पा स्कुटरको सोरुम सुर्खेतमा श्रीनाथले भित्र्याउँदै
  | ९ आश्विन २०७६, बिहीबार ०७:४५

सुर्खेत । युवायुवतीको अत्यधिक रोजाइमा रहेको भेस्पा र अर्पिलिया स्कुटरको सोरुम सुर्खेतमा पनि खुल्ने भएको छ । प्याजियो कम्पनीले आधिकारिक रुपमा सोरुमको जिम्मा श्रीनाथ सप्लायर्सलाई दिएपछि कर्णाली प्रदेशकै डिलर वीरेन्द्रनगर ३ जुम्ला रोडमा सञ्चालन गर्न लागिएको हो ।


इटालियन प्रविधिबाट बनेका स्कुटर नयाँ विक्री र अत्याधुनिक सेवासहित सर्भिस सेन्टर रहने श्रीनाथ सप्लायर्सका म्यानेजर अर्जुन दाहलले जानकारी दिनुभयो । उहाँअनुसार बजारीकरणको नयाँ आयामका साथ सोरुम घटस्थपनादेखी सञ्चालनमा ल्याउन लागिएको हो ।

‘विगतमा भेस्पा र अर्पिलिया स्कुटर विक्री भएपनि सर्भिस सेन्टर थिएन् । अब हामीले नयाँ मोडलका स्कुटर विक्री र ग्राहकहरुलाई प्रभावकारी सर्भिस सेवा दिन सोरुम सञ्चालनमा गर्न लागेका हौं’ ’ दाहालले भन्नुभयो ।

अन्य स्कुटरको तुलनामा भेस्पा र अर्पिलियाको स्कुटरमा उच्चगतिको पिकअप, आकर्षक मोडल, बलियोपना भएको दाहालले बताउनुभयो । उहाँले प्याजियो कम्पनीले तयार पारेका स्कुटर १५० सीसीसम्म रहेको उल्लेख गर्नुभयो ।

श्रीनाथले घटस्थपनादेखी नै अर्पिलिया स्ट्रोङ–१२५ सीसी नयाँ मोडलको स्कुटर भित्र्याउन लागेको छ । यो स्कुटरको मुल्य २ लाख २४ हजार नौसय छ । दशैं–तिहार अफरमा नयाँ स्कुटर किन्ने ग्राहकहरुले हेल्मेट र पेरिमिटर किट पाउनेछन् भने ।

साथै पाँचहजार देखी एक लाखसम्म नगद कुपन रहेको जनाएको श्रीनाथले लक्की ड्रबाट वन्जी र जीपफ्लायएरदेखी अन्नपूर्ण वेश क्याम्पमा हेलिकप्टर टुर अफर दिएको जनाएको छ ।