☰ open Loading... 15 November 2024|  

विप्लवद्वारा प्रमुख प्रशासकिय अधिकृत उपाध्यायमाथि कुटपिट
  | १३ आश्विन २०७६, सोमबार १७:१७

सुर्खेत । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि कुटपीट गरेका छन्।

गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोटतर्फ जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय माथि तारापानीमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयाे ।

उपाध्याय माथि विप्लव समूहका चारपाँच जनाकाे समुहमा कुटपिट गरेकाे साेरुगाउँपालिकाका उपाध्यक्ष राज्यलक्ष्मी बम मल्लले बताउनुभयाे ।

उपाध्यायकाे टाउकाेमा गम्भीर चाेट लागेकाे उहाँकाे भनाइ छ ।

कुटपिट पछि घाईते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जिल्ला अस्पताल गमगढी ल्याएर उपचार गरेपनि टाउकाेमा गम्भीर चाेट देखिएकाले नेपाली त्सेतनाकाे हेलिकप्टरबाट थप उपचारका लागि काेहलपुर लगिएकाे छ ।

घटना लगत्तै साेरुकाेट र कालैबाट प्रहरीकाे टाेली घटनास्थल पुगेकाे थियाे ।

कुटपिट गर्ने विप्लवका कार्यकर्ताकाे खाेजीका लागि प्रहरी टाेली घटनास्थलमा परिचालन गरिएकाे मुगु प्रहरीले जनाएकाे छ ।