☰ open Loading... 16 November 2024|  

सक्रिय हुँदै ट्राफिक
  | १५ आश्विन २०७६, बुधबार १२:३१

दैलेख, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखमा अति न्यून जनशक्ति छ । विहानदेखी रातीसम्म सदरमुकाम र आसपास दौडधुप उस्तै । पछिल्लो वर्षहरुमा सवारी साधन बढेसगै ब्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । जिल्लामा ११ जना ट्राफिक प्रहरी जनशक्ति छ । जसमा गुराँसेमा २ जना, तल्लोडुंगेश्वरमा २ जना र रार्कममा १ जना कार्यरक्त छन् ।

सदरमुकाममा ६ जना कार्यरक्त छन् । सागुँरो बजारमा जथाभावी पार्किग समस्या छ । सदरमुकामको सडक खुल्ला राख्न विहानैदेखी ट्राफिक प्रहरी सक्रिय हुन्छन् । नारायण नगरपालिकाले एकतर्फी सवारी साधन चलाउने निर्णय गरेकाले ब्यवस्थापन ट्राफिक प्रहरीकै काँधमा पुग्छ । बजारमा जथाभावी पार्कीग गरिएको गाडीहरुलाई ब्यवस्थापन गर्न ठुलो चुनौती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख असई नन्दराम जैसीले बताए । दैलेख यात्रु लिएर ७ भन्दा बढी नाकाबाट सदरमुकाम सवारी साधनहरु आउने गर्दछन् ।

‘म आफै विहानसाँझ निषेध ठाउँमा रहेका गाडी हटाउन लाग्छु ।’ जैसीले भने, विहानदेखी साँझसम्म सदरमुकाम खुल्ला राख्न र चेकजाँचमै हामी ब्यस्त हुन्छौं ।’ जनशक्ति कम हुँदा पनि सवारीहरुको चेक जाँचदेखी सदरमुकाममा साँगुरो गरि राखीएका गाडी र मोटरसाईकल हटाउन अहिले ट्राफिक सक्रिय भएर लगेका छन् । सदरमुकाम भएर गाउँजाने सार्वजनिक सवारी साधनहरुलाई ब्यवस्थीत गर्न र चेक जाँचमा अहिले दैलेख ट्राफिक प्रहरी सक्रिय भएर लागेको हो । ट्राफिक प्रहरी प्रमुख असई नन्दराम जैसी आफै मोटरसाईकल हटाउनदेखी चेकजाँचमा सक्रिय भएर लागेको स्थानीयहरु बताउँछन् । उहाँ आएदेखी ट्राफिकले राम्रो गरेको स्थानीय दलबहादुर केसीले बताए ।

जिल्लामा ट्राफिक प्रहरीहरुलाई दशैंतिहारमा यात्रुलाई सहजता साथ यात्रा गरुन भनेर समस्या सोधखोज गर्न समेत लगाईएको असई जैसीले बताए । रार्कमकर्णाली, तल्लो डुगेश्वर, गुराँसे र दैलेखबजारमा ट्राफिक प्रहरी छन् । यसअघि दुल्लु र माथिल्लो डुगेश्वरमा पनि ट्राफिक कार्यरक्त थिए । जनशक्ति कम भएपछि त्यहाँ ट्राफिक हटाईएको हो । कर्णाली राजमार्गमा ट्राफिक प्रहरीलाई सावधानी पूर्वक यात्रुको सुरक्षा र समस्याबारे बुझन् लगाईएको असई जैसीले बताए । सवारी साधन चलाउने डाईभरलाई विस्तारै चलाउन देखी यात्रुलाई आफ्नो सामानको सावधानी हुन सचेत गराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यातायात सञ्चालनका लागि सडकहरु अनुमति नहुनु, लुकीछिपी यात्रुहरु बढी बोक्नु र ट्राफिक पहुँच नभएको स्थानमा सवारीसधान नियमविपरित चलाउनु चुनौती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।