सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक युवाको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका–१ काल्चेका यामबहादुर वि.क.को हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय निराजन विक र विनोद भन्ने विनय विकलाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रवि रावलले जानकारी दिनुभयो ।
निराजनलाई २४ गते गुर्भाकोटबाट र विनोदलाई महानगरिय प्रहरी वृत्त स्वयम्भु काठमाडौंको समन्वयमा पक्राउ गरिएको रावलको भनाई छ । यामबहादुरको असोज २२ गते राती भान्सा कोठामा कुटपिट गर्दा मृत्यु भएको प्रहरीको जनाकारी दिएको छ ।
परिवारले इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएपछि निराजनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । निराजनले विनयकाे संलग्नता रहेकाे र उनी काठमाडाैंमा लुकेर बसेकाे बताएपछि उनलाइ समेत पक्राउ गरेकाे रावलकाे भनाइ छ ।
प्रहरीका अनुसार अर्का छिमेकी २० वर्षीय निराजनले यामबहादुरको हत्या गर्नका लागि विनयलाई एक लाख रुपैयाँ सुपारी दिएका थिए । प्रारम्भीक बयानका क्रममा विनयले चिर्पटले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका दुवै जनालाई अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको पनि रावलको भनाई छ ।