☰ open Loading... 26 April 2024|  

भव्य समाराेहकाविच दैलेख महाेत्सवकाे उद्घाटन
  | २९ आश्विन २०७६, बुधबार २०:०३

दैलेख । दैलेख सांस्कृतीक तथा घरेलु ब्यापार महोत्सव २०७६ भब्य समाहरोहका विच उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य माननिय रविन्द्रराज शर्माले महोत्सवको उद्घाटन गरेका हुन् ।

सास्कृतिक झाँकी सहित दैलेख सदरमुकाम परिक्रमपछि महोत्सव स्थल काडाँचौरमा पुगेको थियो । महोत्सव उद्घाटन समाहरोहमा प्रतिनिधि सभा सदस्य पार्वती विसुन्के, कर्णाली प्रदेश सदस्य अम्मरबहादुर थापा, शुसिल थापा सहभागी रहेका थिए ।

त्यस्तै नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का, चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाही सहभागी थिए ।

सहभागी सवैले दैलेख चिनाउनका लागि लाग्नुपर्ने बताए । महोत्सव स्थलमा उपभोक्ताहरुलाई सस्तोमा सामान किन्नका लागि घरायसी सामानहरु राखीएको महोत्सव संयोजक यामबहादुर थापाले बताए । दशैंतिहार विचमा सवै घरमा आउने र जमघट हुने भएकाले हामीले सवैलाई महोत्सव आयोजना गरिएको जनाईएको छ ।

यहाँका प्राकृतिक सौन्दर्य र सम्पदाहरुको जिल्लालाई सवै मिलेर कुनै न कुनै रुपमा चिनाउनुपर्छ भनेर पनि महोत्सव गर्न लागेको महोत्सवका आयोजकले जनाएको छ ।