मुन्सी प्रेम चन्दको वास्तविक नाम धनपत राय थियो ।
उनका तीन जना बहिनी थिए । तिनमा दुईको निधन भइसकेको थियो । एउटी लामो समयसम्म जीवित रहिन् । उनी दिदीभन्दा ८ वर्ष कान्छा थिए । तीन दिदीहरुपछि जन्मिएकाले उनलाई तेतर भनिन्थ्यो ।
उनका पिताजीले उनको नाम धनपत राय राखे । उनका काकाहरुले उनलाई प्रेमले नवाब राय भनेर बोलाउँथे ।
सरकारबाट बच्न नवाब राय बने प्रेमचन्द
प्रेमचन्द उर्दू र हिन्दी लेखनमा आए । उनी नवाब रायका नामबाट उर्दू भाषामा लेख्थे । उनको सोजे वतन (१९०९, जमाना प्रेस कानपुर) कथा–सङ्ग्रहको सबै प्रति तत्कालीन अङ्ग्रेज सरकारले जफत गरेको थियो । सरकारको कोपभाजनबाट बच्न र अरुलाई बचाउनका लागि उनले उर्दू अखबार जमानाका सम्पादक मुन्सी दयानारायण निगमले नवाब रायको सट्टा उनलाई प्रेमचन्द नामबाट लेख्न सुझाव दिए । यो नाम उनलाई यति मन प¥यो कि नवाब रायको स्थानमा उनले प्रेमचन्द नै आफ्नो नाम कायम गरे । उनी प्रेमचन्द नै बने । त्यसपछि उनले प्रेमचन्दको नामबाट लेख्न थाले ।
‘प्रेमचन्द और उनका युग’मा डा. रामविलास शर्मा लेख्छन्, “प्रेमचन्दको नवाब राय नाम कसरी खोसियो, यस विषयमा उल्लेख गरिएको छ । तर आफ्ना समस्याहरूमाथि हाँस्दै उनले ‘नवाब’लाई निरर्थक ठहराए । त्यसपछि ‘प्रेमको मिठास र सन्तोषको अकाट्य तर्क पेश गरे ।”
प्रेमचन्दको उत्तर:
एक पटक सुदर्शनजीले प्रेमचन्दसँग सोधे, “तपाईंले नवाब राय नाम किन छोडनुभएको ?”
“नवाब त्यो हुन्छ जोसँग कुनै मुलुक हुन्छ । हामीसँग मुलुक कहाँ छ ?”
“बिनामुलुकका नवाब पनि त हुन्छन् ।”
“यो कथाको नाम हुँदा पनि कुनै खराबी हुन्न । तर आफ्नो लागि यो घमण्डपूर्ण हुन्छ । चार पैसा साथमा छैन, तर नाम भने नवाब राय ! यस्तो नवाबीभन्दा प्रेम राम्रो, जसमा आनन्द पनि छ, सन्तोष पनि ।”
(हंस, मे १९३७)
प्रेमचन्द ‘मुन्सी प्रेमचन्द’ कसरी बने:
प्रेमचन्दले आफ्नो नामको अगाडि ‘मुन्सी’ शब्दको प्रयोग आफूले कहिले पनि गरेनन् ।
‘मुन्सी’ शब्द वास्तवमा ‘हंस’का संयुक्त सम्पादक कन्हैयालाल मुन्सीको नामका साथ लाग्दै आएको थियो । यी दुवै सम्पादकका नाम हंसमा ‘मुन्सी, प्रेमचन्द’का रुपमा प्रकाशित हुन्थ्यो । अर्थात् मुन्सी र प्रेमचन्द दुई अलग व्यक्ति थिए । तर कयौंपटक यस्तो पनि भयो कि, प्रेसमा ‘कमा’ भुलबस छुट्न गएका कारण पत्रिकामा ‘मुन्सी प्रेमचन्द’ छापिन्थ्यो । र, कालान्तरमा मानिसले यसलाई एकै नाम र एकै व्यक्तिका रुपमा बुझ्दै गए । यसरी प्रेमचन्द ‘मुन्सी प्रेमचन्द’का नामबाट लोकप्रिय भए ।
(भारत दर्शन)