सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेमा प्राविधिक क्याम्पस सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको छ । चौकुने गाउँपालिका ८ गुटुमा स्थापनार्थ कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्नका धार्मिक महायज्ञ संचालन गर्न लागिएको हो ।
यहीँ कार्तिक २२ गतेदेखी २९ गतेसम्म चौकुनेको गुटुमा महायज्ञ संचालन गरिन लागेको क्याम्पस संचालन समितिका अध्क्षय मोहन सिंह बडुवालले जानकारी दिए । उनकाअनुसार महायज्ञमा ४० लाख बराबरको रकम कबुल भइसकेको । भौतिक संरचना निमार्णका लागी ८ बिगाह जग्गा आवश्यक पर्ने भएकाले स्रोत व्यवस्थापन गर्न महायज्ञ संचालन गर्न लागेको बडुवालको भनाई छ । महायज्ञमा करिब ५ करोड दान रकम संकलन हुने अपेक्षा बडुवालको छ । महायज्ञ सञ्चालन गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । महायज्ञ सञ्चालन गर्न २१ उप–समिति गठन गरिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट अनुपति पाएको कृषि तथा वन विज्ञान संकायका रुपमा विकास गरिने छ । विश्वविद्यालयको सिनेटबाट अनुमति पाएको क्याम्पसको भौतिक संरचना निर्माणार्थ महायज्ञ सञ्चालन गर्न लागेको प्रचारप्रसार उप–समितिका अध्यक्ष गोरख शाहीले जानकारी दिए । महायज्ञ लगत्तै भौतिक संरचना निर्माणको काम शुरु गरिने शाहीको भनाई छ ।
उनले आगामी वर्षदेखी कक्षा संचालन गर्ने लक्ष्य रहेको बताए । क्याम्पस निर्माणका लागि वनको ४० विगाह ऐलानी जग्गा प्राप्त भएको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले नेपाल सरकारको मन्त्री परिषद्बाट प्रयोगका लागी अनुमति गराउन पहली प्रयास भइरहेको उल्लेख गरे ।