☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

कर्णालीमा ठुला उद्योग स्थापनामा सरकारले प्रोत्साहन गर्छ : मन्त्री बुढा

  |

सुर्खेत ।  कर्णाली प्रदेशमा ठुला उद्योग स्थापनाको लागि प्रयासरत रहेको कर्णाली प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले वताउनुभएको छ ।

वुधवार कर्णाली प्रदेशको थिंक ट्यांक ऋति फाउन्डेसनको प्रतिनिधीहरुसँग कुरा गर्दे आफुहरु नीजि क्षेत्रसँग मिलेर कर्णाली प्रदेशलाई समृद्ध वनाउन प्रतिवद्ध रहेको वताउनुभएको छ ।

भौगोलिक विकटताको कारण विकासका पुर्वाधारहरु पर्याप्त नहुनाले ठुला उद्योगहरु स्थापना हुन नसकेको भन्दै उहाँले भौतिक पुर्वाधारको विकास गर्दै ठुला उद्योग स्थापनामा प्रोत्साहन दिनेगरि कर्णाली प्रदेश सरकारले काम गरिरहेको वताउनुभयो । उहाँले लगानी सम्मेलन गर्न लागिएको पनि वताउनुभयो ।

सरकारले लगानी गर्ने भन्दा पनि यो प्रदेशमा कस्तो उद्योगको संभावना छ , यो यो ठाँउमा ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ भनेर यहाँका ठुला उद्योगपतिहरुलाई जानकारी गराउने उद्धेश्यले संभाव्यता अध्ययन गर्न खोजिएको उहाँले वताउनुभयो ।

‘कर्णाली प्रदेशबाट अन्र्तराष्ट्रिय रुपमा हाम्रो सामानहरु विक्रि गर्नलाई सहज नाका छैन् । यो परिस्थीतिमा यो प्रदेशमा जडिवुटीको यति धेरै संभावना हुँदा पनि केहि गर्न सकिएको छैन् । जडिवुटीलाई हामीले संकलन त गरिरहेका छौँ, र त्यसको व्यापारिकरण, दिगो व्यवस्थापन र खेती अझैँ सम्म पनि हुन सकेको छैन् । यस विषयमा प्रदेश सरकार गम्भिर छ ,’ उहाँले वताउनुभयो ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     4:28:21 PM
error: Content is protected !!