☰ open Loading... 24 February 2025|  

जुम्लाको एक होटलमा आगलागी, समयमै पुग्यो दमकल
  | २४ कार्तिक २०७६, आईतवार १९:१६

जुम्ला : जुम्ला खलंगा बजारको होटलमा  आगलागी भएको छ।  चन्दननाथ नगरपालिक-५  नेवाकिचन खाजा घरमा शनिबार बिहाना पौने ११ बजेतिर आगलागी भएको हो। जिल्ला प्रशासन कार्यालयअगाडि रहेको नवराज श्रेष्ठको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयलय नजिक भएको कारण तत्काल दामकल र विपद् व्यवस्थापकको टोली  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ। श्रेष्ठले आफ्नै घरमा होटल व्‍यवसाय गर्दै आएका थिए।  सुत्‍ने कोठा भएकाले स्वलरको ब्याट्रिय तथा पूजापाठ गर्दा आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ।

दमकल समयमै पुगेका  कारण ठूलो क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।