सुशील खड्का
सुर्खेत । आफूमाथि बलात्कार प्रयास भएको उजुरी दर्ता गराउन गएकी पीडित महिलालाई प्रहरीले रित्तै फर्काइदिएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिन गएकी ती महिलालाई प्रहरीले फिर्ता गरिदिएको हो ।
मन्त्रालयका सचिव रामआधार साहले आफूमाथि बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ । सोही मन्त्रालयमा कार्यालय सहायक पदमा कार्यरत ती महिलाले सचिव साहले आफूमाथि बारम्बार यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । त्यही घटनामा न्याय माग्दै उजुरी दिन पुगेकी उनलाई बुधवार प्रहरीले उजुरी दर्ता नगरी फिर्ता पठाएको हो ।
https://www.youtube.com/watch?v=CbvVktuypaE
सचिवले आफूमाथि गरेका सबै क्रियाकलाप सत्य भएको दाबी गरेकी महिलाले प्रहरीबाट घटना दबाउन खोजिएको बताइन् । ‘न्यायका लागि प्रहरी समक्ष पुग्दा झन पीडा दिने काम भएको छ’ ती महिलाले भनिन्, ‘भोग्ने स्वयम् प्रमाण आफू भएकाले कतैबाट न्याय पाउन सकिन्, उल्टै दल र सांसदबाट घटना किन बाहिर ल्याएको भन्दै धम्की आएको छ ।’ चौतर्फी आएको दबाबले झन् पीडाबोध गराएको ती महिलाको भनाइ छ ।
दलका अगुवा, मन्त्रालयका कर्मचारी र सांसदले न्याय दिनुको सट्टा घटना लुकाउनु प¥यो भन्दै फोनबाट धम्काउने गरेको उनको दुखेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तले सचिवमाथि लगाइएको आरोप निराधार भएको भन्दै बचाउ गरे । ‘महिलाले लगाएको आरोप सत्य नदेखिएकाले उजुरी दर्ता नगरेको हो’ पन्तले भने ।