☰ open Loading... 28 February 2025|  

सुर्खेतमा मनाइयाे पुरुष दिवस
  | ३ मंसिर २०७६, मंगलवार १६:२५

सुर्खेत । अन्तर्राष्ट्रिय पुरुष दिवस कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा पहिलाे पटक मनाईएको छ ।  लैंँगिक हिंसा विरुद्धको वर्ष , महिला हिंसा अन्त्य गर्न मेरो एक्यबद्धता भन्ने नारासहित दिवस मनाइएकाे हाे ।

कार्यक्रमा बोल्दै बालिका बचाउ अभियानका अभियन्ता सजना सुनारले पुरुष देख्दा शुन्दर नभई व्यवहारमा नैतिकवान बन्नु पर्ने बताएकी छन्। पुरुषहरुले जिम्मेवार भएर सचेतनाका क्षेत्रमा कार्यगरे मात्रै पनि लैँगीक हिंसा कम गर्न सकिने अभियन्ता सुनारले भनाइ छ ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले लैँगीक हिंसा अन्त्यका लागी हरेक नागरिकले घरबाटै सुधार्नु पर्ने बताएका छन । जतिसुकै निति तथा कार्यक्रम सरकारले ल्याएपनि कार्यन्वयमा भने सुस्त रहेकाले सरकार पनि गम्भीर हुनु पर्ने सहभागीको जोड थियाे ।