☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

हुम्लामा टिप्पर दुर्घटना, तीनकाे मृत्यु १२ घाइते

  |

हुम्ला । सदरमुकाम सिमकोटमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाकाे अवस्था गम्भीर छ ।

नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेको छ । मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

मृतकको पहिचान नभइसकेको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     5:25:53 PM
error: Content is protected !!