☰ open Loading... 15 November 2024|  

नागरिक समाज सञ्जालको अध्यक्षमा केसी
  | २७ मंसिर २०७६, शुक्रबार १७:४३

सुर्खेत । नागरिक समाज सञ्जाल (सिसान) को जिल्ला कार्यसमिति गठन गरिएको छ । सुर्खेतमा क्रियाशिल विभिन्न गैर–सरकारी संस्थाहरुको प्रतिनिधित्व हुने गरी सञ्जाल गठन गरिएको हो ।

सञ्जालको अध्यक्षमा वातावरण सुधार समाज सुर्खेतका जगत केसी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सञ्जालको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा हरिप्रसाद शर्मा छन् ।

यस्तै सदस्यहरुमा शान्ता भुषाल, निशा पौडेल, भुपेन्द्र कंडेल, घनश्याम केसी, अशोक राजी, पशुपति रिजाल लगायत छन् । शुक्रबार सञ्जालको भेलाले नयाँ कार्यसमिति चयन गरेको बताइएको छ ।