☰ open Loading... 17 November 2024|  

विप्लव कार्यकर्ताद्वारा अपहरित शाहीकाे १३ घण्टामै प्रहरीले गर्याे उद्धार
  | ६ पुष २०७६, आईतवार १९:१७

सुशील खड्का 
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरणमुक्त भएका छन् । उनलाई प्रहरीले कालिकोटको शुभाकालिका गाउँपालिकाको छाती गाउँबाट साँझ अपहरणमुक्त गराएको हो ।

अछाम, दैलेख र कालिकोटबाट गएको प्रहरीले टोली १३ घण्टा लगाएर शाहीको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पूर्णचन्द जोशीले जानकारी दिए ।

‘प्रहरी छाती गाउँ पुगेकै बेला विप्लव कार्यकर्ताले ढुंगामुढा गरेका थिए’ जाेशीले भने, ‘प्रहरीले फायर खोलेपछि विप्लव कार्यकता भागेपछि शाहीको उद्दार गरेका हौं, उहाँ सकुशल हुनुहुन्छ ।’

शाहीकाे खाेजीका लागि सुर्खेत, दैलेखऽ कालिकाेट र अछामबाट एकसय ६० जना प्रहरी परिचालन गरिएकाे डिअाइजी जाेशीले बताए । घटनाबारे थप विवरण अाउन बाँकी रहेकाे जाेशीकाे भनाइ छ ।

विप्लवले जिम्मा लिएकाे विज्ञप्ती जारी गरेकाे केही मिनेट अघि नै प्रहरीले शाहीलाइ अपहरणमुक्त गराइसकेकाे थियाे । शाहीले गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।