☰ open Loading... 15 November 2024|  

खजुरालार्इ पूर्ण सरसफाइयुक्त टाेल बनाइने
  | १२ पुष २०७६, शनिबार २२:१९

सुर्खेत । वीरेन्द्रनगर-८ खजुरा टाेललार्इ पूर्ण सरसफाइयुक्त वडा बनाइने भएकाे छ । खजुरा टाेल विकास संस्थाकाे छैटाैं साधारसभामा टाेलले विगतदेखी थालेकाे सरसफाइ अभियानलाइ निरन्तरा दिँदै याे वर्ष पूर्ण सरसफाइयुक्त टाेल बनाइने भएकाे हाे ।

साथै, टाेलकाे विकासका लागि सराेकारवाल निकायकाे ध्यानाकर्षण गराउने निर्णय भएकाे संस्थाका अध्यक्ष खिमलाल देवकाेटाले जानकारी दिए ।

नारायण पेट्राेल पम्पदेखी पश्चिम क्षेत्र डुवानहुँदा नागरिक र व्यवसायीले भाेग्नु परेकाे समस्या समाधान गर्न विशेष पहल थाल्ने देवकाेटाले बताए ।

टाेलमा शान्ति सुरक्षा कायम, खानेपानीकाे सहजता लगायतका विषयमा पनि संस्थाले अावज उठाउने देवकाेटाकाे भनाइ छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकाेटाले उद्घाटन गरेकाे कार्यक्रममा टाेल विकास संस्थाका अध्यक्ष देवकाेटाले प्रगति प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

संस्थाका काेषाध्यक्ष टिका कुमारी खड्काले २९ लाखकाे अार्थिक प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।  सभामा डुवानकाे दिर्घकालिन समस्या समाधान गर्नमा अाग्रह गरिएकाे थियाे ।