☰ open Loading... 29 September 2025|  

सीएल शर्माको थारु गीत ‘हेल्का बुरैलो’ को चर्चा (भिडियो)
  | १७ पुष २०७६, बिहीबार ०९:३१

काठमाडौँ ।  थारु गीत ‘हेल्का बुरैलो’ रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ । बाँके र बर्दियाका बिभिन्न स्थानमा छायांकन गरिएको  थारु गीत ‘हेल्का बुरैलो’मा गायक सीएल शर्माको शब्द तथा संगीत रहेको छ । जसमा पछिल्लो समय थारु गीतका ब्यस्त मोडल देब दास र नब कलाकार नबिना थारुले अभिनय रहेको छ ।

गीतको छायांकन आर के सी का प्रबन्ध निर्देशक रामु चौधरीले गरका हुन् ।नवराज शुबेदीको निर्देशनमा बर्दियाको बढैयातालमा छायाकंन भएको थारुगीतले नेपाली भाषी गीतका साथ साथै पछिल्लो समय थारु भाषाका गीतहरुले पनि नेपाली म्यूजिक बजारलाई ओगटेको समयमा बजारमा आएको यो गीतले राम्रो चर्चा पाइरहेको गायक शर्मा बताउँछन् । हेर्नुहोस् भिडियो