☰ open Loading... 26 April 2024|  

पृथ्वी जयन्ती सुर्खेतमा पनि मनाईयो
  | २७ पुष २०७६, आईतवार १६:२८

सुर्खेत । सुर्खेतमा पृथ्वी जयन्ती तथा एकता दिवसमा चियापान कार्यक्रमको आयोजना गरेर मनाइएको छ । २९८ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।


वीरेन्द्रनगरको मंगलगढी चोकबाट शुरु भएको ¥याली वीरेन्द्रनगर चोक पुगेको थियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्वीमार माल्यापर्ण गर्दै कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्काले पृथ्वी नारायण शाहको एकिकरणका कारण आज नेपाल राज्य रहेको स्मरण गराए । सरकारले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा सार्वजनिक विदा नगरेको भन्दै उनले विरोध जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सोशिला शाही, राप्रपाका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, भद्रबहादुर शाही, प्रेम शाही, पुर्व जिविस उप–सभापति बसन्त थापा लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको पार्टीका प्रचार विभाग सदस्य प्रेम बिसिले जनकारी दिए ।