☰ open Loading... 26 January 2020|   सोमवार, माघ १३, २०७६

पश्चिमी वायुका कारण भोली वर्षा हुने प्रक्षेपण

  |

सुशील खड्का
सुर्खेत । पश्चिमी वायु नेपाल प्रवेश गर्ने क्रममा रहेकाले बिहीबार वर्षा हुने प्रक्षेपण गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज (बुधबार) राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

मौसम सम्बन्धी विशेष सूचना जारी गर्दै महाशाखाले पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।

पश्चिमी वायुको प्रभाव देशभर शुक्रबारसम्म नै रहने पनि महाशाखाले जनाएको छ । शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६     6:36:06 PM
error: Content is protected !!