☰ open Loading... 16 November 2024|  

देउती बज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा
  | ४ माघ २०७६, शनिबार १०:३१

सुशील खड्का
सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा गरिएको छ । मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा शनिवार गरेका हुन् ।

यसअघि मन्दिर परिसरमा बसेर माग्दै आएका व्यक्तिहरु बेसाहारा नभईँ पेशेवर मगन्ते रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । दैनिक विहान माग्दै परिसरमा जानेहरु वीरेन्द्रनगरमा घर भएका व्यक्तिहरु रहेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘हामीले नियमित रुपमा साँझ विहान अनुगमन ग¥यौं’ ढकालले भनिन्, ‘पेशेवर मगन्ते भएकाले उनीहरुको उद्धार गरेर आश्रममा राखेपछि मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका हौं ।’

अाश्रममा लगेकै दिन उनीहरुका अाफन्तकाे जिम्मा लगाइकाे बताएकी ढकालले उनीहरुलाइ फेरि माग्न पठाएमा कारवाही गर्ने कागज गरेर छाडिएकाे जनाइन् । उनकाअनुसार अबदेखी बजार वा धार्मिक स्थलमा कुनै पनि व्यक्तिले माग्न पाउने छैनन् ।

वीरेन्द्रनगरका सडक पेटीमा माग्दै दैनिकी गुजार्नेहरुलाई उद्धार गरेर आश्रममा राखिएको छ । आश्रममा हाल ५३ जना सयोगापेक्षी सडक मानव रहेको आश्रमका संयोजक सिर्जना ओलीले जानकारी दिइन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्दैछ ।