| १३ माघ २०७६, सोमबार १८:५७
सुशील खड्का
सुर्खेत । पश्चिमी वायुका कारण फेरि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले आज रातीदेखी पश्चिमी नेपालको मौसम बदली हुने जनाएको हो ।
नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोली मंगलवारसम्म हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना देखिएको महाशाखाको भनाई छ ।
बुधबार भने देशभरी नै सामान्य बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । पश्चिमी वायुको प्रभाव बिहिबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सुर्खेतकाे न्युनतम तापक्रम ७ डिग्री रेकर्ड भएको छ भने न्युनतम तापक्रम १८.२ डिग्री छ । यस्तै जुम्लाकाे तापक्रम माइनस ३ डिग्री छ ।