☰ open Loading... 15 November 2024|  

प्रमोद गायनदेखी अभिनयसम्म
  | २२ माघ २०७६, बुधबार ११:३६

दैलेख,  २९ वर्षया प्रमोद डिजी नेपालगंजका चर्चित गायक हुन् । नेपालगंज उपमहानगरपालिका १२ मेलासपुर घर भएका डिजीले थुप्रै गितमा गाएका छन् । उनी संचारकर्मी भएकाले पश्चिममा रेडियोमा उनको नाम नसुन्ने कमै छन् । पछिल्लो समय उनले गितसंगै अभियन समेत थालेका छन् । २६ वटा गाएका प्रमोदले थुप्रै गितमा अभिनय गरेर आफुहरुलाई स्थापित गर्न थालेका छन् । त्यस्तै ४ वटा फिल्मको गित स्वर दिईसकेका छन् । उनले विशेष गरि आधुनिक पप, लोकदोहोरी, भजन र फिल्मी गित गाएका छन् ।

म्यूजिक भिडियोमा पछिल्लो समय अभिनय गर्न थालेका हुन् । गित गाउँदै आएका उनले साथीहरुको सल्लाह अनुसार म्यूजिक भिडियोमा अभिनय गर्न थालेको प्रमोद बताउँछन् । गित संगितमा सानैदेखी ईच्छा भएकाले अहिले त्यही क्षेत्रमै लागेको उनको भनाई छ । उनी नेपालगंजमै रहेर गित संगितमै लागेका हुन् । स्कुले जिवनमा पनि बाल दिवश र रनिङ्ग शिल्ड प्रगियोगितामा गाउने गरेको स्मरण प्रमोदले गरे । उनले २०६६ सालमा पहिलो एल्वम ..रक्सीले के भन्छ ..आउ चाडै पिउनुस् भन्छ .. यो गित संगित क्षेत्रमा लागेर सुरु गरेका थिए ।

त्यसपछि …सुटुक्क बाटो काटेर गई.. आधुनिक गित शब्द गाए । जसमा निर्देशन नवराज सुवेदीले गरेका थिए । फेरी …माया छ, विस्वास छ ….आधुनिक गितमा आफनै शब्द संगीतमा गाए । लगत्तै …मलाई छोडी गयौं तिमी… र … विदाई … लगायतका गितबाट उनले संगीत क्षेत्रमा थप ईटा थपे । र, उनलाई गायक बनायो । जो अहिले पनि यी नै गितले उनी चिनिन्छन् । क्रमश गित गाउँदै जादाँ आफुलाई संगीतको दुनियाँमा आफुलाई चिनाएको प्रमोदको बताए । आफुलाई सानैदेखी गित र कथा लेख्ने गरेको उनी बताउँछन् ।

गित संगितमै ब्यस्त उनी कृष्णसार एफएममा संचारकर्मीका रुपमा काम गर्छन् । घरपविारबाट सहयोग पाएकाले खर्च अनुसार आम्दानी नभएपनि प्रमोद संगीत क्षेत्रमै टिकेका छन् । अविरल संगितमै लाग्ने उनको ईच्छा छ । प्रमोद हिजोआजा मेला महोत्सवमा ब्यस्त हुने गर्दछन् । अव, फिल्म खेल्ने धोका रहेको प्रमोद बताउँछन् । भारतबाट पनि सेभेनवान्डर्स टिभि च्यानल एशोसियन दिल्लीबाट पनि अहिले काम गर्ने अफर आएको तर, आफु नजाने बताए ।