सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भोलीदेखी सञ्चालन गर्न लागिएकाे दोस्रो कर्णाली एक्सपाे (महोत्सव) काे सबै तयारी पूरा भएकाे छ । समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि,पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराकासाथ भाेलीदेखी एक्सपाे संञ्चालन गर्न लागिएकाे हाे ।
महाेत्सवकाे उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको सुर्खेत उद्योघ बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जनकारी दिए । उद्घाटन पूर्वका सबै काम सकिएकाे जानकारी दिएका अध्यक्ष रावतले स्टल व्यवस्थापन लगायतका काम पनि अन्तिम चरणमा रहेकाे बताए ।
महाेत्सवमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अायाेजकले विमा गरिएको रावतले बताए । आगलागी, हावाहुरीबाट भिडभाड, खेलाखेल्दा कुनै दुर्घटना भए, हाताहाती भएमा अायाेजकले ६ करोडको विमा गरेकाे रातवकाे भनाइ छ ।
एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ। पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजको दावी छ।
मुलआयोजक समितिका संयोजक समेत रहनुभएका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ।
पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका राखिने छ । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ। पहिलो पटक लण्डन ब्रिज (प्रवेशद्वार) सहित ब्रुजअल अरब दुवइ सेल्फी जोन पनि व्यवस्था गरिएको छ।
६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महाेत्सवमा झन्डै एक करोड तीस लाख रकम खर्च हुने अनुमान अायाेजककाे छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ।
सरकार, निजी–सहकारी साझेदारीले कर्णाली एक्स्पो ऐतिहासिक उदाहरण बन्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् । उनिहरुले प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै तीनै पक्षको जिम्मेवारी बराबरी भएको बताएका छन। भाेलीबाट सञ्चालन गर्न लागिएकाे महाेत्सव फागुन १७ गते सकिने छ ।