☰ open Loading... 15 November 2024|  

पर्सीसम्म पश्चिम क्षेत्रमा वर्षा हुने प्रक्षेपण
  | १० फाल्गुन २०७६, शनिबार १८:५८

सुशील खड्का
सुर्खेत । पश्चिमी वायुका कारण भोली र पर्सी पनि वर्षा हुने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको हो ।

शनिबार जस्तै आइतबार र सोमबार पनि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए । ‘ठूलो पानी पर्ने देखिदैन् तर हल्का वर्षातको सम्भावना भोली र पर्सी पनि देखिन्छ’ पराजुलीले भने, ‘मौसमविच घाम र बादलको लुकामारी भइराख्ने सम्भावना छ ।’

उच्च हिमाली र भारतको उत्तर प्रदेशमा मौसम सफा देखिएको पराजुलीको भनाई छ । आज राती हिमालका जुम्ला, मुगु र हुम्लामा हल्का हिमापात र पहाडी भेगमा हल्का वर्षा हुने पूर्वानुमान रहेको उनले जनाए ।

मंगलबारदेखी माैसममा क्रमिक रूपमा सुधार हुने र गर्मी सिजन शुरू हुने प्रक्षेपण कार्यालयकाे छ । कार्यालयकानुसार सुर्खेको इत्राम, एयरपोर्ट र दैलेखको गुराँसेमा १५/१५ मिलिमिटर वर्षा भएको छ । जुम्लामा २.५ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, छिन्चुको कालिदमारमा ८ र गोठीकाँडामा १४ मिलिटिर वर्षा भएको छ । सुर्खेतको अधिकतम तापक्रम १७ दशमलव २ र न्युनतम तापक्रम ११.९ डीग्री सेल्सीयस छ ।

पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षा र चट्याङको सम्भावना रहेकाले नागरिकहरूलार्इ सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेकाे छ |