☰ open Loading... 15 November 2024|  

हिमपातले मुगुको जनजीवन कष्टकर
  | १२ फाल्गुन २०७६, सोमबार ०९:५७

हिमाली क्षेत्रमा हिमपात र सदरमकाम गमगडीमा वर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध भएको छ ।

शुक्रवार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन कष्टकर बनेको हो ।
हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

नेपालगन्ज र सुर्खेतबाट आउँदै गरेको यात्रुवाहक तथा व्यापारीका सामान ल्याएर आएका सवारीसाधन बीचबाटोमै थन्किएका छन् भने हवाई सेवाबाट यात्रा गर्ने यात्रु रारा विमानस्थल ताल्चामा अलपत्र परेका छन् ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका–९ वडाका १५ वस्तीमा सबैभन्दा बाक्लो हिमापत परेको छ ।

हिमपातले गर्दा सबैभन्दा बढी पशु चौपायलाई घाँसपात गर्न समस्या भएको मुगुम कार्मारोङ गाउँपालिका—९ का पूर्णबहादुर बुढाले जानकारी दिए । नेपाल समाचारपत्रमाका खबर छ ।