☰ open Loading... 21 May 2024|  

घुमाै‌ं कर्णाली : पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गर्न सवारीमा स्टिकर
  | १५ फाल्गुन २०७६, बिहीबार १८:४८

सुर्खेत । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउँन सार्वजनिक सवारी साधानमा पर्यटकीय स्थल अंकित स्टिकिर टाँसिएको छ । प्रदेशको पर्यटन मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टासिएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डक्टर कृष्णप्रसाद आचार्यले पर्यटन प्रवद्र्धनमा यातायात व्यवसायीले उदाहरणिय कार्य गरेकोमा प्रंशसा गरे । उनले संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० र कर्णाली सरकारले शुरु गरेको घुमौ कर्णाली अभियानलाई प्रचारप्रसारले थप टेवा पुग्ने बताए ।

मन्त्रालयले प्रदेशका पर्यटन क्षेत्रहरुको विकास गर्न पर्यटन गुरुयोजना निर्माण गरिसकेकाले पूर्वाधार विकास आगामी दिनमा एकद्वारबाट बजेट खर्च हुने सचिव आचार्यले जानकारी दिए ।

सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न प्रा.लिका सबै सवारीहरुमा कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य अंकित स्टिकर टाँसिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

उनले समितिमा हाल एकसय बढी सवारीसाधन रहेकाले सबै बस तथा माइक्रो सवारीहरुमा स्टिकर टाँस्ने बताए । पहिलो चरणमा प्रा.लि.ले सुर्खेत–काठमाण्डौ र जाजरकोट–काठमाण्डौका लागि नयाँ ल्याइएका आठवटा रात्रीकालिन बस र कर्णालीका पहाडी सडकमा गुड्ने साना २० वटा बसहरुमा स्टिकरहरु टासेको छ ।

प्रदेश सरकारले बाह्य र आन्तरिक पर्यटकहरु कर्णालीमा भित्र्याउन ‘यसपाली घुमौँ कर्णाली’ अभियान थालेको छ । प्रा.लि.ले कर्णालीका रारा ताल, देउती बज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरवार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शे–फोक्सुण्डो ताललगायतका पर्यटकीय स्थलहरु समावेश गरी स्टिकर सवारीमा टासिएको छ ।