☰ open Loading... 16 November 2024|  

गरिव तथा विपन्न विद्यार्थीलाई सुईटर
  | १९ फाल्गुन २०७६, सोमबार १३:५१

गोविन्द केसी
दैलेख, फागुन १९ – दैलेखको नारायण नगरपालिका – ६ भुर्तीस्थित पंञ्चदेवल माध्यामिक विद्यालयमा गरिव तथा विपन्न समुदायबाट अध्यापन गर्ने सुम्र्पण विद्यार्थीहरुलाई सुईटर वितरण गरिएको छ । सेन्चुरी कमर्सियल बैंक लिमिटेड दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यार्थीलाई सुईटर वितरण गरेको हो ।

क्याप्सन ः नारायण नगरपालिका ६ स्थित पंञ्चकोशी माध्यमिक विद्यालयमा विद्यार्थीहरुले सुईटर वितरणपछि । तस्विर ः गोविन्द      केसी÷नागरिक

बाल शिक्षा सहित कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो । विद्यालयका दलित तथा गरिव विपन्न समुदायका विद्यार्थीहरु छानेर चिसोमा सुईटर वितरण गरिएको प्रधानाध्यापक धर्मराज आर्चायले बताए । ‘चिसोमा सुईटर पाएपछि विद्यार्थीहरु खुसी छन् ।’ प्रधानाध्यापक अर्चायले भने, बैंकले सामाजिक उत्तरदायित्व बहन गरेर राम्रो काम गरेको छ । गत वर्ष पनि बैंकले जनता निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । प्रत्येक वर्ष बैंकले जिल्लामा रहेका विद्यार्थीहरुका लागि सहयोग गर्ने योजना रहेको बैंकका शाखा प्रर्वधक महेश शाहीले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरिव तथा विपन्न समुदायका विद्यार्थीहरुलाई चिसो मौसममा न्यानो कपडा अन्र्तगत यो वर्ष सुईटर वितरण गरिएको शाखा प्रर्वधक शाहीले बताए । आगामी वर्ष पनि यस्तै कार्यक्रम जिल्लाका अन्य स्थानमा गरिने छ ।