☰ open Loading... 16 September 2025|  

अनुमति बिना भारतीय प्रहरी दैलेखमा
  | ४ चैत्र २०७६, मंगलवार १२:०७

चैत ४दैलेख, अनुमति बिना भारतीय प्रहरी पोशाकसहित दैलेख आएका छन्।भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली साेमबार साझ दैलेख आएको हो। जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले पश्चिम नेपाल अनलाइन संग कुरा गर्दै भारतीय प्रहरीले स्थानीय प्रशासन र हामीलाई कुनै जानकारी नदिइ दैलेख आएको र भारतीय प्रहरीले आफै दैलेख प्रहरीलाई जानकारी गराएकाे आचार्यले जानकारी दिएका हुन।

भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न भारती प्रहरी दैलेख आएका हुन।