जस्तै जोगी आए पनी
देश वेचुवा आए पनी
जनताको हाँशि खुसी यिनका
भाषण सुनी आज अनी
विधाताको विधि भन्दा
यिनको कानुन भाषण मुनि
हजुर जनताले देश सुन्दर शान्त विशाल वनाउन जिवनको आहुति दिए बलिदानी गरे भावी सन्ततीको भविश्य उज्वलता को लागी समय समयका शासकहरुलाई परास्त गरी राणा अन्त्य गरे कालो पन्चायति ब्यवस्थाको अन्त्य गरी शुनौलो प्रजातन्त्र ल्याए।
त्यो पनि भएन १७ सत्र हजार मान्छेले वलिदान बाट गणतन्त्र ल्याए र जनता यति खुसिका साथ लडेकी संसार भगवानको अहैतुकी कृपा बाट मात्र सन्चालन भई रहेको छ ।न कि यवन र हैवान बाट योत बिचरा सोझा साझा जनतालाई कहाँ बाट पो जानकारी रहोस बनमा भएका सोझा रुख काटीए जस्तै जिवनको वलिदान दीई कति काटीए नेपाली जनता तर त्यसको विपरीत धु्रवबाट चलीरहने गृह मेधी ,मायाँ मृगको चपेटामा फसि रहने कसरालाई महशुस नगरी संसारका बडेमान का शब्द कोषको मिठास जनक शब्दावली जो कौख ले पाण्डवका लागी बनाईएका लाहाका घर मात्र हुन। परीवर्तन त जनताको लागी कहाँ बाट कस्ले पो ल्याउला र निमुखा विपन्न वर्गका जनता जो क.खराबको उच्चारण गर्न जान्दैनन् ,जो भेडा गोठालाहरु ल्याप्चे छाप छन । देशको निति निर्माता भनी सदा नियतह देखी केन्द्र सम्म पुगेका छन ।जसको भुमिका उपर जमिनमा पानी हाल्दा मल जल गर्दा पानी रेत नै भनेर चिनिन्छ ।रेत नै हो माटो जननी हो हावा स्वास हो ।पानी जिवन हो । जठाग्नी पांचक हो ।आकाश सदा सुर्यले प्रकाश दिने चन्द्रले उज्यालो दिने ठाँउ हो ।तर जनता लाई के महसुस भयो भने राणाले सासन गर्दाको दाशत्व बाट हामी मुक्ती पाउनेछौ पन्चायतले लादेको दाशत्व बाट उन्मुक्ती पाउने छौँ ।हामी शिक्षा पाउने छौँ । हामी रोजगारी पाउनेछौँ ।हामी आफ्नो पवित्र भुमीमा स्वतन्त्र बाच्न पाउने छौँ। भन्ने सोझा साझाँ जनता माथि संग मोचन परमार्थको जाल जेलको संस्कार जनता हुन पुग्दा अब जनता सोग संविग्नताको खोजिमा दौडीन पर्ने बेला आएको छ ।आज यो देशमा जब सम्म यी खोल ओडेका सतामहरु जब सम्म रहन्छन तब सम्म देश स्वतन्त्र हुन सक्दैन ।अव उप्रान्त जनता सचेत हुन नितान्त आवश्यक छ ।गरीब जनताका भाले बनाउन र लोकलज्जा थाम्न सुकीला कपडा र मिठा शब्द सन्जाल जनमाझ प्रस्तुत गरी जन प्रतिनिधि बनी जनता माथि शासन चलाउने विकाश त दुरै जावस जसमा की देश विकाश मिशन भिजन र एजेन्डा लिर्नै सक्दैनन् ।
ती व्यक्ती जनताका मालिक बन्न पुग्न जनताले भोट यानी मतदान गरि पठाए। तिनै बाट पेलिएर नौकर बन्न पुगेको विचारणीय कुरा महसुस गर्ने वेला समाजमा आई शक्यौ। कम्तीमा पनि जनप्रतिनिधि समाज बुझेको समाज शास्त्र अध्यन गरेको ,श्रृस्टी श्रृजना बुझेको नेपालको ऐतिहाँसिक सम्पदा बुझेको देश राष्ट्र र जनप्रेमले ओत प्रोत भएको संस्कार रहन शहन भेष भुषा अनुसार राष्ट्रीयता भएको र कम्तिमा पनि ग्रयाजिवट ब्यक्ती जनप्रतिनिधि जनताले छानेर पठाउन माग गरेका भए जनता धोका घडीको सिकार हुन बाट उन्मुक्ती पाउदथ्यो होला । देशमा शुसासन र विकाशका चागँ हेर्न पाउदथ्यो होला। दोस्रो कुरा जनताका छोरा छोरी शिक्षीत र धनि स्वस्थ र सिप मुलक भएको यहाँको ल्याप्चे छाप जनप्रतिनिधिहरु देख्नै सक्दैनन्। आफु भन्दा शिक्षीत र विकशित जनशक्ती उत्पादन गरे हाम्रो राजनिती धरापमा जान शक्दछ भन्ने यिनको अज्ञानको भुत रही रहन्छ र जन साधारणमा यिन भुतले देव जन्मिन सक्ने प्रश्ननै छैन ।सत्यले सत्यको साथ दीन्छन भुत प्रेरेतले भुत प्रेत लाई साथ दीन्छ ।वेश्याले वेश्याको साथ दीन्छन मन्त्रले मन्त्रको भने तन्त्र ले तन्त्रकै साथ दीन्छ ।पापका कुण्ड जडं सुत्र बाँदी बाट राज्यका जनताले शुख भोगको आशा राख्नु भनेको आंकाशको फल आँखा तरी मर जस्तै उखान उखानमै शिमित हुन जाने र जनताका एजेण्डामा जनता ठगी राख्न बाहेक अरु के होला । यि हिन्सक माथि जनातको विश्वाश यति घट्दै गएको छकी हामीले हाम्रा छोरा छोरीको ज्यान दीई ल्याएको गणतन्त्रले मंहंगो भनाब लड्न पैसा कमाउने खेल खेल्दो रहेछ । ओखो शिक्षा दीदो रहेछ । स्थानिय तह देखी केन्द्र सम्म राजा नै राजाको देश बन्दो रहेछ ।बेरोजगारी ब्याप्त हुदो रहेछ । भस्र्टाचारको चरम चुली उस्काउदो रहेछ ।आशे पासे नातेदार को भर्ती केन्द्र ल्याउदो रहेछ भौतिक क्षेत्रमा चुरुल्म रमाउदो रहेछ ।करोडौँ करोड लुटी महँगो चुनाव लड्न गरीव जनतालाई महंगी मार अशिक्षा रोग भोग ग्रूत भए हामी नितीवान वन्ने छौँ भन्ने पाठ जनताले अनुभव गर्न पाउदा राजनितीक गतिविधि प्रति जनता घृणा गर्न थालेको अभ्यास समाजमा विधमान रहन आँउदा गणतन्त्र पनि राणा तन्त्र नै हो केही आए पनि जनताको लागी आँउदो रहेनछ भन्ने महशुस जनताले गरेका छन ।
जबकी एक करोड युवा युवती विदेशमा ज्यानको बाजी लगाई श्र्रम र ज्यान गुमाउन बाध्य हुदा देश २०० दुई सय वर्ष पछि धकेलिन पुगेको राज्यका सम्बाहक र राज्यलाई अवगत छकी छैन।
अब कहीले सम्म वितरण मुखी बजेटले विकाश सम्भव होला ।राज्यले वृद्ध भत्ता होईन पत्येक घरमा स्वरोजगार दीई आमा बुबाको आत्मियता बढाउन पालन पोषण छोरा छोरीले नै गर्नु पर्छ भन्ने निती ल्याउन विर्षेका देश छाडा तन्त्रको शिकार भई निकम्मा हुन धेरै वर्ष लाग्दैन।
केही वर्षमा नेपाल र नेपालीपन हराउदै गई पाश्चात्य संस्कृती को देशमा यो देश आउने छ । आँखिर कागजमा आएको गणतन्त्र जनताका आँखामा अटाउन सक्नेछैन । देश छिमेकी विस्तार वादको चंगुलमा फसिनै रहने छ र अघोषीत सिम्कीन भई नै राख्ने छ ।अब यदी राज्यका संँन्चालक र सम्वाहकमा यदी तुष तृस्णा, मह,,मादशर्य ,लोभ ईस्र्या म र मेरा आषे पासे नाता गोदा ज्वाई चेला र विलाशी ताका वस्तु बाट दुर रही काम बांशना मुख्य सत्रु हुदो रहेछ ।पहिलो एजेण्डा बनाई त्याग र राष्टका लागी रास्टीयताको भावना उब्जाउन प्रथम एजेण्डा दोस्रो एजेण्डामा राष्टका जनतालाई ठगेमा मेरा भाई भान्जा ज्वाई भेला अवश्य प्रकृतिको न्यायमा पर्ने छन भन्ने ध्येवना उब्जीन जरुरी छ किनकी सबका मालिक सिव र श्रृस्टीको विधान नै अकाटय छ शनिको न्याय चक्रले मेरो बन्स विनाश अवश्य हुने छ ।भन्ने कुरा महशुस गर्नु जरुरी छ तस्रो एजेण्डा आखो शिक्षा प्रणाली बाई पास गरी सपि मुलक स्वोराज गार मुलक शिक्षा जनता को एजेण्डाको भित्र परी शिक्षा प्रणाली लागु हुन चौथो एजेण्डा विदेशीएका युवा युवतीको लागी जल श्रा्रेत , जडीबुटी,,खानी उत्खनन्का उद्योग , कपडा उद्योग ,चिनी उद्योग , वनस्पति जन्य वस्तु प्रशोधन गरी स्वास्र्थ मुलो सम्वन्धि उद्योग खोली स्थापीत गर्न सक्नु पाँचौँ कुरा हो हामी जल जंगल र कृर्षी प्रभान राष्ट्रका जनता भएकाले आधुनिक कृर्षी प्रणाली लागु गर्नु अन्य देशका रेल र पानी जहाजको शिको गर्नु भन्दा पनी आफ्नै विधुतमा गाडी बस चलाउनु र देश लाई औधोगी करणतीर उन्मुख गराउनु र देशमा भएका विज्ञ र वैज्ञानिक शक्ती देश विदेशमा बेच्न बाट जोगाउनु अहीले को नेपाली परीबेशका मुख्य एजेण्डा हुन र छौठौ भनेको हामी पतीत पावन तपो भुमी धार्मीक निस्टाका खानीमा हुर्केका जनताको लागी धार्मीक पर्यटक स्थल र जल जँगल र चाँदी जस्ता टल्कीने हिमालका विर गोर्खाली ले आर्जेका मुलुकका मान्छेको लागी पर्यटक क्षेत्र को विकाश मुख्य विकाशको धरोहर रहन जाँदा यस्मा ध्यान नजानु र ध्यान गए पनि नाता गोता भाइृ भारदारहरु को हाली मुुहाली भई जनताको कर को कम दुरुपयोग हुनु राज्यमा जति व्यवस्था फेरीयता पनि राज्यको विकाशले काँचुुलीनै नफेर्नुले जनताको राज निती प्रति को घृणालाई चिरफार गर्न नसके ब्यवस्ता जति राम्रो भए पनि खोल ओडेका संन्चालक र सम्वाहक को पन्जा बाहीर नआएको तृष्णा पोखदा जनताको दुख्खको आहुती चढाई राख्दा भगवान श्री कृष्ण कंलंकी रुप धारण गरी संसार नस्ट र भ्रस्ट गराई तर्पाइका माज मस्तिको नग्न प्रदशन गराई सत्यका विच मन्त्रको आहुती दीई श्रृस्टी संन्चालन गर्नेछन संसार र श्रृस्टी भनेको कसैको पेवा र श्रीमतीको दाईजो होईन योत आत्मा र पर आत्माको मिलनको ईश्वरको अहैतुकी कृपाको मिलन विन्दु यानी आत्मा र पर आत्मा को एक भई ईश्वर मा मीलनको बाटो हो।
यसैले गणतन्त्रमा जिवनको वलिदानी पानी आहुती दीई जनताले ल्याएको गणतन्त्रलाई श्रीमती ले ल्याएको दाईजो नसम्झी जनताको नौकरका कित्तामा जब सम्म तपाई राजाको भुमीका खेल िरहनु हुन्छ । तब सम्म कागजका खोस्टामा ल्याएका चार थान सम्विधानमा चार जनाले भाग बण्डाका आधारमा गरएिका दस्तावेज ले जनताको पेट भरीन्न राजनितीक गतिविधि प्रती जनता घृणा रही रहन्छ तपाईलाई भाषण गर्दैमा घुघले न्वाएको महादेव जनताले मान्न सक्दैनन् । यो विर्षीइ पापको प्रायश्चित गरेर जनता सँग गरेका बाँचा यदी मर्दको जवान वाट निश्कीएका भउ पुरा गरेर छोड्नु होस। अन्यर्था तपाईहरु लाई जनताले दुधको साक्षी विरालो कै सज्ञा दीनेछन । शनिदेवको न्याय चक्र सोझा साझा जनताको आत्माले तपाईको धुत्र्याईको राजनिती धरापमा पार्न बाध्य हुने छन जनता तपाई आपद विपदमा समेत जनमुखी सेवा दीनु सक्नु भएको छैन ।
हालै दैलेख जिल्लाको नौमुले गा.पा.मा ठुलो हिमपात र अशिनाले बालीनाली नस्ट भएका समाचार फेशबुकमा आँउदा समेत सम्वन्धित निकाय मा छलफल भएको सम्म देख्न पाईएको छैन ।लेखक खाद्य व्यवस्था तथा व्यापार कम्पनि शाखा दैलेखको नाताले सम्वन्धित निकायमा जोडदार माग राखी आफ्नो प्रधान कार्यलयमा समेत जनताका माग सम्वोधन भई तत्काल जनता मर्कामा पर्न नहुने एजेण्डा सम्वन्धित निकायमा प्रस्तुत गर्नुका साथै माग बमोजिमका डीपोहरु खाद्य व्यवस्था समितीले पास गरी सकेकाले स्विकृत भई डीपोहरुका जनमाग अनुसारको सेवा सुबिाधा दिई जनता को माग गर्दछौ ।कागजमा सिमित योजना परियो जनावाई पास गरौ जनताको घाउमा मलम लाई बाईपास गरौ ।दैलेखि जनता समेत देश भरी भोका नाग्रा कोहि नरहनु मान्त्री भुमि कसैको पेश नाई सबैको साझा घर छहारी।
बशुछेवेमःकुटुम्वकम्ःजयमा लक्ष्मी जयमा बशु गरिब आत्मामा सदा बंशु महांलक्ष्मे बिल्दमहे बिस्णु प्रपापे,,तन्नो लक्ष्मी प्रचोदयात
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख , खाध्य ब्यास्था तथा ब्यपार कम्पनी लिमिटेड
शाखा दैलेख