| ९ चैत्र २०७६, आईतवार १३:३८
सुर्खेत : कोरोना भाइरस (कोभीड–१९) का कारण सुर्खेतमा रहेको आन्तरिक राजश्ज कार्यालयको सेवा बन्द गरिएको छ । अत्यधिक नागरिकहरुको भीड हुने कार्यालयमा सेवाग्राही भीडका कारण संक्रमण बढ्न सक्ने भन्दै सेवा बन्द गरिएको हो ।
केन्द्र सरकारको निर्देशनअनुसार नै कार्यालयको सेवा आइतबारदेखी चैत्र २१ गतेसम्म सेवा बन्द गरिएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका कर अधिकृत हिक्मत सुनारले जानकारी दिए ।
उनकाअनुसार कार्यालय खुला समयमा दैनिक तीनसय बढी सेवाग्राही कार्यालयमा सेवा लिने गरेका थिए । उच्च सतर्कता अपनाउनकै लागि कार्यालयको सेवा केही दिनका लागि बन्द गरिएको कर अधिकृत सुनारले जनाए