☰ open Loading... 19 April 2024|  

लेकवेशीले शुरु गर्याे एेम्बुलेन्स सेवा
  | ९ चैत्र २०७६, आईतवार १३:४२

सुर्खेत । लेकवेशी नगरपालिका सुर्खेतले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात नगरपालिकाले जनप्रतीनीधहरुका लागी दुई गाडि खरिद गरे पश्चात विवादमा तानिएको नगरपालिकाले नगरवासीका स्वास्थ्यमा ख्याल राख्दै एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो ।

एम्वुलेन्स सेवा संचालनमा आएपछी स्थानिय नागरिकहरु खुशी भएका छन् । एम्वुलेन्स खरिद प्रक्रियाको करिव ६ महिनापछि एम्वुलेन्स संचालनमा ल्याईएको नगरपालिकाका उपप्रमुख शान्ती कुमारी छन्तेलले जानकारी दिईन् । एम्बुलेन्स नगरपालिकामार्फत नै संचालन हुने उनले जानकारी दिईन् ।