☰ open Loading... 20 November 2024|  

अत्यावश्यक पसल बाहेक सुर्खेतका अन्य व्यवसाय भाेलीदेखी बन्द गर्न अाह्वान
  | ९ चैत्र २०७६, आईतवार १८:११

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले भोलीदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आइतबार बसेको सुर्खेत उद्योग बाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो ।


कोरोना भाइरस (कोभीड–१९) ले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायी साथीहरुलाई अनुरोध गरिएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । उनले अत्यावश्यक पसलहरुमा किराना, खाद्य, ग्याँस, पेट्रोल पम्प, तरकारी र औषधी पसलहरु मात्रै खुला हुने बताए ।