सुर्खेत । कर्णाली प्रदेश सरकारले काेराेना भाइरस (काेभीड-१९) काे संक्रमण कर्णालीमा फैलिन नदिन उच्च सतर्कता अपनाउन विभिन्न समितितहरु गठन गरिएकाे छ । सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलकाे नेतृत्वमा गठित काेराेना भाइरस (COVID-19) प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेकाे हाे ।
१) प्रदेशका १०जिल्ला, ७९ स्थानीय तह तथा ७२९ वडामा गठित समितिहरुलाई भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरूलाई सार्वजनिक ठाउँमा क्वारेनटाइन निर्माण गरी १४ दिनसम्म उक्त क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने ।
२) प्रदेश राजधानी सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनहरूको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सराेज प्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गर्ने ।
३) पुर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गर्ने ।
४)सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधी तथा जनशक्ति व्यवस्थापन उपसमिति गठन गर्ने ।
५) नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने ।
