| १२ चैत्र २०७६, बुधबार १७:३२
सुर्खेत । कोरोनाको त्रासपछि वीरेन्द्रनगर बजारमा चार हजार लिटर क्लोरिन पाउडर छर्किएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार बजार क्षेत्र, सार्वजनिक स्थल, मेडिकल क्षेत्र, जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका लगायतका स्थानमा क्लोरिन पाउडर छर्किीएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा वीरेन्द्रनगर नगरपालिकाको दमकल बजार क्षेत्रमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले जानकारी दिए ।
सुर्खेत साइन्स एण्ड सर्जिकलको सहयोगमा क्याल्सियम हाईकोक्लोराइड र बिलिचिङ पाउडर मिसाएर क्लोरिनवाटर तयार परिएको थियो । पाउडरले कोरोनाका किटाणुहरु बाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


