☰ open Loading... 30 April 2024|  

प्रदेश सरकारको कोषमा सिद्धार्थ बैंककाे दश लाख सहयोग
  | १५ चैत्र २०७६, शनिबार १७:३९

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९०) रोकथाम तथा नियन्त्रण गर्न कर्णाली सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोग रकम थपिन थालेको छ । सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतका प्रबन्धक रञ्जन कोईरालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त राशीको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै,नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमाआजै मुख्यमन्त्रीशाहीलाई रु.५१ हजारको चेक हस्तान्तरण गरेका छन् ।

बैंक तथा दैलेख निवासी विश्वकर्माले हस्तान्तरण गरेकाे चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा राम्रो कामको शुरुवातभएको बताए । मुख्यमन्त्री शाहीले भने, “कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोग गरी यहाँका नागरिकहरुलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण कामगर्नुभएको छ, तपाई बैंक तथाजिम्मेवार व्यक्तिप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।”

बैंकका सुर्खेत शाखा प्रबन्धक कोईरालाले विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ प्रतिकार्यकानिम्तिप्रदेश सरकारले स्थापना गरेको कोषबाट यहाँकानागरिकहरुलाई कोरोना संक्रमणको रोकथाममा सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको जानकारी दिए ।

“आजकै दिन सिद्धार्थ बैंकले कोरोना प्रतिकार्यमा सहयोग पुर्याउन नेपालका सातै प्रदेशका सरकारलाई रु.१० लाखका दरले चेक हस्तान्तरण गरेको छ,” उनले भने, “त्यहीँ तालिकाअनुसार सुर्खेत शाखाले यहाँको सरकारलाई रु.१० सहयोग गरेको हो ।”

उनकाअनुसार कोरोना भाईरसकाे प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले सिद्धार्थ बैंक लिमिटेडले यस अघि कान्तिपुर मिडियासँगको सहकार्यमा रु.१५ लाखदिईसकेको छ ।

प्रदेश सरकारको विपद् कोषमा व्यक्तिगत रु.५१ हजार सहयोग गर्नुभएका नौमुले गाउँपालिका निवासी विश्वकर्माले कोभिड–१९ को प्रतिकार्यमा लाग्न एउटा नागरिकको पनि भूमिका रहने बोधगरी आफ्नो कर्तव्य पुरा गरेको बताए ।