☰ open Loading... 8 November 2025|  

गरिब विपन्न परिवारलाई खाद्यान्न सहयोग
  | २४ चैत्र २०७६, सोमबार ०८:१२

यामराज बिष्ट दैलेख, चैत्र २४– दैलेखको नारायण नगरपालिका वडा न११ले खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस कोभिड–१९को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ मा खाद्यान्न अभाव हुन नदिनको लागी खाद्यान्न अभाव भएका गरिब बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको हो।

तस्बिर :प्रेेेम बिष्ट , विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न वितरण तगर्दै वडा अध्यक्ष ।

आईतबार देखि खाद्यान्न वितरण सुरु गरेको वडा कार्यालय जनाईएको छ ।पहिलो चरणमा ११ नम्वर वडाले ४१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो। सावुन, दाल, नुन २५ केजी चामल प्रति परिवारलाई वितरण गरिएको वडा अध्यक्ष टक बहादुर बिष्टले जानकारी दिए।