☰ open Loading... 27 April 2024|  

कोरोना कहर : दैलेखमा १५ हजार ७ सय ४७ जनालाई चेकजाँच
  | २३ चैत्र २०७६, आईतवार १८:००

दैलेख । दैलेखमा चैत्रको दोस्रो हप्तादेखी कोरोना भाइरसको संक्रमण नहोस् भनेर १५ हजार ७ सय ४७ जनालाई चेकजाँच गरिएको छ । जिल्लाका स्वास्थ्य संस्था, दैलेख सुर्खेत सडक खण्ड तथा कर्णाली राजमार्ग अन्र्तगत रार्कम बजारमा स्वास्थ्यकर्मीले देशभित्र तथा बाहिरबाट आएका ब्यक्तिहरुमा चेकजाँच गरेका हुन् ।

शनिवारसम्म भारतबाट १४ सय ४९ जना जिल्लामा आएका छन् । उनीहरुमध्ये २ सय २८ जना क्वारेन्टाइनमा बसेका छन् । बाँकी घरमै छन् । जसमध्ये २१ जना क्वारेन्टाइनको छोटो बसाईपछि घरमा फर्किएका छन् ।

घरमा रहेका ब्यक्तिहरुको पहिचान भईसकेकोले जनप्रतिनिधि मार्फत स्वास्थ्यकर्मीहरुले निगरानी राखेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले बताए ।

११ वटा स्थानीय तह रहेको दैलेखमा ८ सय ८८ वटा बेड रहेको ३५ वटा स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । लक लाउनपछि आइसुलेसनमा २ जना रहेका छन् अरु २ जनाको नेगेटिभ रिपोर्ट आएकाले घर फिर्ता भएका छन् ।

दैलेखमा आइसुलेसनमा वेड संख्या ८७ वटा रहेको छ । जहाँ स्वास्थ्यकर्मी चौविसै घण्टा खटाईएको छ । स्वास्थ्यकर्मीका लागि २ सय ७९ वटा सुरक्षा बन्दोबस्ती कवज रहेको छ । स्वास्थ्यकर्मी घरघर पुगेर चेकजाँच गरिरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

‘जिल्लामा प्रवेश गर्ने तथा जिल्लामा रहेका १५ हजार ७ सय ४७ जनालाई स्वास्थ्य चेक जाँच गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, हाम्रो तथ्याकमा १४ हजार ४९ जना भारतमा जिल्ला आएको पाईएको छ ।’

३ महिनाअघिदेखी जिल्लामा सरोकारवाला सवैलाई परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । अतिविपन्न तथा गरिवहरुको संख्या पहिचान गरि अपुग हुने खाद्यान्न वितरणका लागि तयारी भईरहेको जनाईएको छ ।

अहिले भारतबाट आएकाहरुको अवस्था बुझ्न र क्वारेन्टाइनमा राख्नका लागि आवश्यक कदमहरु चालिरहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए । मैले सवैलाई भनेको छु प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘विदेशबाट आउनेहरुलाई कारागार कि क्यारेन्टाइन मध्ये एउटा रोज्नुहोस् ।’