| २४ चैत्र २०७६, सोमबार १६:५०
सुशील खड्का
सुर्खेत । नेपाल भारत नाका कैलालीको गौरीफान्टाबाट सुर्खेत आएका ३८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गौरीफान्टाबाट एकैदिन नेपाल आएकाहरु मध्यबाट कैलालीका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
सुर्खेत आएका ४० जनाको खोजी गरिएको थियो । कैलालीबाट सुर्खेत आएका २६ जना वीरेन्द्रनगरको खुलामञ्चको क्वारेन्टीनमा रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लले जानकारी दिए ।
‘उहाँहरु सुर्खेत प्रवेश गरेकै दिन क्वारेन्टीनमा बस्नु भएको छ’ वाग्लले भने, ‘४० जना मध्य बाँकी १३ जना पनि हाम्रै सम्पर्कमा हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य अवस्था पनि सामान्य नै छ ।’