सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेश सरकारले थप ३० जनालाई क्वारेन्टाइनमा राखेको छ । नेपालका विभिन्न जिल्लाहरुमा रोजगारी गर्न गएका उनीहरुलाई बबईबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो ।
गएराती १२ बजे उद्धार गरेर खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । नेपाली सेनाको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएकाहरुमा दैलेखका १२, सुर्खेतका १२ र कालिकोटका ६ जना छन् । यी मध्य २५ जना पुरुष र पाँच जना महिला हुन् ।
उनीहरुलाइ अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ मन्त्रालयको भनाई छ । ‘कर्णाली आउने व्यक्तिहरुमा उच्च निगरानी राखेका छौं’ मन्त्रालय स्रोतले भन्यो, ‘नेपाल भित्रकै कतिपय जिल्लाहरुमा कोरोना संक्रमितहरु देखिसकिएकाले अनिवार्य कर्णाली आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने गरेको हौं ।’
कर्णाली सरकारले प्रदेशमा भित्रन नदिँन सरकारले बबई, सल्यानको कपुरकोट र सुर्खेतको कुइने नाकामा सशस्त्र प्रहरी नै परिचालन गरेर कडाइ गरिरहेको छ । कर्णाली भित्रने नागरिकले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसाल्ने मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा खुलामञ्चमा चारसय बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेना उत्तरपश्चिम पृतना हेटक्वारटर नेवारेले क्याप्टेन दयाराम ढकालको नेतृत्वमा सेना खटाएको छ । बुधबार विहान पनि सरकारले ३५ जनाकाे बबइबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएकाे छ ।