यामराज बिष्ट,दैलेख:= पछिल्लो समयमा नेपाली गीत संगीत जगतमा नयाँ पुराना कलाकारहरु अाउने क्रम जारी छ । कलाकारहरुले आ-आफ्नो प्रस्तुति फरक फरक तरिकाले पस्तुत गरेका छन्। बजारमा पनि फरक फरक खालका लाेकगीतहरु आउने क्रम जारी नै छ ।
लोकगीत भन्न बित्तिकै बास्तवमा युवा युवती देखि लिएर बुद्रा बद्र सम्म सबैको मन मुटुमा बस्न सफल भएको हुन्छ ।यस्तै सानै देखि गीत संगिमा रुचि राखेका गायक तथा सर्जक प्रसान्त खड्का पछिलो समयमा लोकप्रिय बन्दै गयका छन् ।हुने विरुवाको चिल्लो पात भने झै दुख गरेपछि सफल भईन्छ भन्ने उदारणका पात्र उनि बनेका छन्।
बाल्यकाल देखि नै गीत संगितमा रुचि राखेका उनी दुख गरेपछि मेहेन्तको फल एकदिन अवश्य मिठो हुन्छ बताउँछन् गायक खड्का ।गायक तथा सर्जक प्रसान्त खड्का लय शब्द,स्वरमा,घरत मेरो जम्बुकाध बजार ,प्रसान्त कलाकार भए कसरी ,तिमी जस्तो नक्कली , डान्स खतरा ,धेरै थिए सपना मेरा, नमानु है हर्ष ,सानि हो सानि ,संसार छोडि जानू , पदेशीको पिडाहरु समेटिएको आमा लगायत दर्जन भन्दा बढी लाेकगीत बजारमा आईसकेका छन् ।