☰ open Loading... 18 May 2024|  

काग्रेस यूवा नेता शाहीले घरमै पुगेर खाद्यान्न सहयोग गरे
  | ६ बैशाख २०७७, शनिबार १८:१६

बैशाख ६,कालिकोट घर भई काठमाडौं उपत्यकाको भक्तपुरदेखि थानकोटसम्म काम तथा पढाई शिलशिलामा बसेकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ । लक डाउनका कारण बेखर्ची भएकाहरुलाई राहत स्वरुप ब्यक्तिगत खर्चमै नेपाली काँग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले घरघरमै पुगेर खाद्यान्न वितरण गरेका हुन् ।कालिकोटबाट काठमाडौं भ्यालीभित्र आएर मजदूरी गर्ने, विद्यार्थी तथा बिरामीहरुलाई रु १७०० पर्ने २५ किलोको चामल, १ सय ७० पर्ने दाल र १ सय ५० प्याकेट तेल दिईएको हो । उनले कालिकोटका १ सय ५० जनालाई वितरण गरे त्यससंगै खाद्यान्न संकटमा रहेका दैलेख, मुगु, सुर्खेत, जाजरकोट घर भएका २ सय परिवारलाई खाद्य सहयोग गरेका छन् ।

क्याप्सन ः घरमै पुगेर खाद्यान्न सहयोग गर्दै भुपेन्द्रजंग शाही ।

यो विपतको बेला आफुले सक्दो सहयोग गरेको नेपाली काँग्रेसका यूवा नेता शाहीले बताए । अँझै विपतीको सामना गर्नुपर्ने दिनहरु आउने भएकाले आफुले सकेजती सहयोग गर्ने उद्घोष शाहीले गरे । ‘भाडाँ लिएर बसेकाहरुलाई निस्कन गाह्रो भएका बेला घरमै पुगेर खाद्यान्न सहयोग गरियो ।’ नेपाली काँग्रेसका यूवा नेता शाहीले भने, यो विपतीका बेला जस्ले जे जे सहयोग गर्न सकिन्छ त्यही गर्नुपर्छ ।