☰ open Loading... 1 December 2024|  

काेरनाकाेे डरले गाउँमा आवज जावत गर्ने पुलमा बार
  | ८ बैशाख २०७७, सोमबार ०८:४४

हुम्ला,बैशाख– ०८  कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन नाम्खा गाँउपालिका ३ का स्थानीयबासीले टुक्सोखोल्मु पुलमा बार लगाएर गाउ आवतजावत नै बन्द गरेका छन् । अप्रचित ब्यक्ति गाउमा प्रबेश नगरोस भनेर नै  गाउ प्रबेश गर्ने मुख्य पुलमा बार लागाएर बन्द गरेको हो ।नेपालमै कोरोना भाइरसको संक्रमण देखिएसँगै नाम्खा  गाउपालिका ३ को खगालगाँउ जोडने पुलमा स्थानीयबासीहरुले कडाई गरेका छन् ।  कोरोना भाइरस संक्रमणको जोखिम बढने भयले स्थानीबासी युवाहरु पालो लगाएर रातदिन पुलमै बस्ने गरेको खगालगाउका स्थानियबासि एबं नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले  बताए । बन्दाबन्दीकोे अवधिभर जिल्ला बाहिर भित्रबाट गाउँमा आवतजावत हुन नदिन खगालगाँउ नजिकै कर्णालीनदिमा रहेको टुक्सोखोल्मु पुल र जाड खोल्सीबाट भित्रिने बाटोमा दैनिक गाउँका युवाहरु पालै पालो गरेर डियुटी गर्ने गरेका अध्यक्ष लामाले बताए छ । 
                                                          

कोराना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन हुम्लाका गाउवई पिक्ष छुट्टाछ्ट्टै नियम बनाईएको छ ।  त्यो नियम मिचेर कोही कसैले नाम्खा ३का खगालगाउमा प्रबेश गरेमा स् २५ हजार जरिवाना तिर्नु पर्छ भने खार्पुनाथ गाउपालिका ५ नं.वडा भित्र पर्ने पश्चिम सियला,ग्याग्रु पुल  कुरिल्लार पुर्ब बोक्चेगौडा, उत्तर मारुघोर,कालाखगर र मुटिल्ला  दक्षिणमा कर्णाली नदिका चार कील्ला  भित्र अति आबश्यक काम परेमा वडाकार्यालयको अनुमती बिना कोही कसैले आवत जावत गर्न बन्देज गरीएको छ । यदि यो नियम मिच्नेलाई रु १० हजार जरीवाना सहित कानुन बमोजीम कार्बाहि गर्ने वडा अध्यक्ष भिमराज शाहीले बताए । यस्तै हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाँउमा अनुमतिबिना गाँउ प्रवेश गर्ने जो कोहीलाई ३० हजार रुपैया जरिवाना तोकिएको छ । गाउँमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन सो वडा कार्यालयले यस्तो निर्णय गरेको हो । ५६ घरधुरी रहेको यो वडाले मुगु जिल्ला र हुम्ला जिल्लाको चंखेली सिमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि वडा नम्बर ५ नेप्का गाउँमा अनुमति बिना प्रवेश गर्नलाई ३० हजार रुपैया जरिवाना गर्न निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिएका छन् । जिल्लाका बिभिन्न वडाहरुमा कतै अनुमती बिना प्रबेश गरेमानगद जरिवाना गर्ने गरेका टन भने बतै गाउका स्थानिय महिलाहरु आफै गाउ प्रबेश गर्ने नाकामा आफै बसेर प्रबेशमा रोक लागाउने गरेका छन ।@साभार